site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी प्रदेशमा हुनेछ आज वर्षा र हावाहुरी
फाइल तस्बिर । 

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मुख्यतया सफा छ । 

विभागले दिउँसो कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा हावाहुरीको सम्भावना छ । 

विभागका अनुसार आज राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । 

कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको  छ । लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro