site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भैरहवाको अधिकतम तापक्रम ४०.९ डिग्री सेल्सियस, कहाँको कति ?
फाइल तस्बिर ।

काठमाडौं । प्रिमनसुन सुरु भएयता नेपालमा गर्मी बढ्दै गएको छ । आउँदा दिनमा अझै गर्मी बढ्ने पूर्वानुमान छ । नेपालमा मे महिनामा बढी गर्मी हुने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले सोमबार बेलुका सार्वजनिक गरेको विवरणमध्ये भैरहवाको अधिकतम तापक्रम सबैभन्दा बढी ४०.९ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार भैरहवाको अधिकतम तापक्रम ४०.६ डिग्री सेल्सियस थियो ।

त्यस्तै, सिमराको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार भने त्यस क्षेत्रको अधिकतम तापक्रम ३९.२ डिग्री सेल्सियस मापन गरिएको थियो । 

यस दिन काठमाडौंको अधिकतम तापक्रम ३३.१ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौंको अधिकतम तापक्रम ३३.५ डिग्री सेल्सियस थियो ।

त्यस्तै, जनकपुरको ३९.४ डिग्री सेल्सियस, धनगढीको ३८.८ डिग्री सेल्सियस, नेपालगंजको अधिकतम तापक्रम ३८.४ डिग्री सेल्सियस मापन गरिएको गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ ।
 

1-10-1713792124.JPG
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro