site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वीरेन्द्र तालमा हिमपहिरो : यस्तो थियो तस्बिर

काठमाडौं । गोरखाको चुमनुद्री १ सामागाउँस्थित वीरेन्द्र तालमा आइतबार बिहान ८ः३० बजे मनास्लु हिमालबाट झरेको हिमपहिरोले तालको पानी विस्थापन हुँदा बुढीगण्डकी नदीको माथिल्लो तटीय क्षेत्रमा पानीको बहाव बढेको थियो । हिमपहिरो अघि त्यहाँको अवस्था कस्तो थियो भन्ने बारेमा सरकारी निकायहरूले त्यहाँको अवस्थाको अवलोकन गरेका छन् । अवलोकन गर्दा हिमपहिरो अघि गत शुक्रबार र आइतबारको २४ घण्टाको त्यहाँको तस्बिर प्राप्त भएको छ ।

तालमा हिम पहिरो खसेर तालको पानी विस्थापन भएको खबर प्राप्त हुनासाथ स्थानीय प्रहरीको एक टोली त्यसतर्फ गएको थियो । जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार पानीले स्थानीय एक काठे पुल बनाउँदा सामागाउँबाट खाम्दो जाने गोेरेटो बाटो अबरुद्ध भएकाले बैकल्पिक बाटोबाट आवतजावत गरिएको थियो । 

मानवीय र चौपायामा क्षति नभएको सरकारी निकायले जानकारी गराएको छ ।  स्थानीय जनतालाई सुरक्षा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
GLu3u-LXIAAEX6--1713755329.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro