site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकाको मेम्फिसमा गोली चल्दा दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

वासिङ्टन । अमेरिकी सहर मेम्फिसमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुईजनाको मृत्यु र अन्य ६ जना घाइते भएको स्थानीय प्रहरीले बताएको छ । 

घटनास्थलमा दुईजना मृत फेला परेको र घाइते ६ मध्ये एकजनाको अवस्था ‘चिन्ताजनक’ रहेको मेम्फिस प्रहरी विभागले सामाजिक सञ्जाज एक्समा उल्लेख गरेको छ । यसअघि विभागले एक्समा दक्षिणी राज्य टेनेसीमा अरेन्ट माउन्ड पार्कनजिक करिब दुई सयदेखि तीन सय मानिस भएको अनाधिकृत ब्लक पार्टीमा गोली चलेको बताएको थियो । 

अमेरिकामा बन्दुक हिंसा सामान्य छ । बन्दुकको अधिकारमाथि रोक लगाउने प्रयासहरूले सधैँ कडा राजनीतिक प्रतिरोधको सामना गर्नुपरेको छ । 

सामूहिक गोलीबारीलाई चार वा त्योभन्दा धेरै मानिस घाइते भएको वा मारिएको भनी परिभाषित गर्ने गैरसरकारी संगठन गन भायलेन्स आर्काइभका अनुसार यस वर्ष अमेरिकामा १२० वटा सामूहिक गोलीबारी रेकर्ड गरिएका छन् । गत वर्ष कुल ६५६ यस्ता गोलीबारी भएका थिए । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro