site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३४ हजार नाघ्यो
फाइल तस्बिर ।

काठमाडौं । गाजापट्टीको स्वास्थ्य मन्त्रालयले जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३४ हजार नाघेको जनाएको छ । मन्त्रालयले एक विज्ञप्तिमा इजरायली सेनाले गत २४ घण्टामा ४२ प्यालेस्टाइनीहरूलाई मारेको र अन्य ६३ जना घाइते भएको बताएको छ । 

जसबाट इजरायल–हमास द्वन्द्व सुरु भएदेखि कुल मृत्युको संख्या ३४ हजार १२ पुगेको छ । साथै ७६ हजार ८३३ घाइते भएका छन् । केही पीडितहरू भग्नावशेषमुनि रहेको उल्लेख गरिएको छ ।

इजरायली सेनाले गत हप्तामा सयभन्दा बढी पूर्वाधारहरू नष्ट गरेको छ । ४० भन्दा बढी आतंकवादीलाई हवाई हमलामार्फत मारेको इजरायलले जनाएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro