site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मनास्लुमा हिमपहिरोका कारण गोरखामा बाढी
मनाङमा हिमपहिरोको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । उत्तरी गोरखाको मनास्लु क्षेत्रस्थित वीरेन्द्र तालमा हिमपहिरो खस्दा त्यहाँको पानी ‘ओभरफ्लो’ भएको छ । चुमनुव्री गाउँपालिकास्थित वीरेन्द्र तालको पानी आइतबार बिहान ओभरफ्लो हुँदा बूढीगण्डकी नदी तटीय क्षेत्रमा बाढी आएको हो ।

बाढीले एउटा काठेपुल बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एवं एसपी वासुदेव पाठकले जानकारी दिए ।

“हिमपहिरोको हिउँ तालमा खस्दा पानी ओभरफ्लो भएर पानी बाहिर आएको हो । ताल फुटेको भन्ने होइन । क्षति गर्ने अवस्थामा पनि छैन,” एसपी पाठकले बाह्रखरीसित भने ।

राससका अनुसार, वीरेन्द्र ताल मनास्लु हिमालको फेदीको ठूलो क्षेत्रफलमा अवस्थित छ । यसलाई बूढीगण्डकी नदीको मुहानका रूपमा लिने गरिन्छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro