site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बागलुङमा रुखबाट खसेर एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

ढोरपाटन (बागलुङ) । बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४, खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो । 

बिहान ८ बजे बाख्रालाई घाँस काट्नका लागि घर नजिकैको जंगलमा गएका सुनारको रुखबाट सिँचाइ नहरमा खस्दा गम्भीर घाइते भएका थिए । घाइते सुनारलाई आफन्त र छिमेकीले उद्धार गरी बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै मुत्यु भएको निसीखोला–४ का वडाध्यक्ष टिकानिधि पौडेलले जानकारी दिए । रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro