site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको नाफा साढे १३ प्रतिशतले घट्यो

काठमाडौं । २० वाणिज्य बैंकले चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरूले चैत मसान्तसम्म ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । तर, यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १३.४७ प्रतिशतले कम हो ।

गत वर्षको चैत मसान्तसम्म २० वाणिज्य बैंकको नाफा ४७ अर्ब एक करोड ५३ लाख रुपैयाँ थियो । बैंकहरूको खराब कर्जाका कारण प्रत्यक्ष नाफामा प्रभाव पर्न गएको छ ।

सर्वाधिक नाफा वृद्धि हुनेमा कृषि विकास बैंक छ । यो बैंकले गत वर्षको चैत मसान्तसम्मको तुलनामा ९७.२२ प्रतिशतले नाफा वृद्धि गरेको छ । कृषि विकास बैंकले चैत मसान्तसम्म दुई अर्ब पाँच करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यस्तै, सर्वाधिक नाफा घट्नेमा नेपाल बैंक छ । यो बैंकले चैत मसान्तसम्म १३ करोड पाँच लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा यो बैंकको नाफा ९२.६८ प्रतिशतले घटेको छ । गत वर्षको चैत मसान्तसम्म एक अर्ब ७८ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले आर्जन गरेको छ । यो बैंकले चार अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । ग्लोबल आइएमई बैंकले सो अवधिसम्म तीन अर्ब ३० करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

२० वाणिज्य बैंकमध्ये सबैभन्दा कम नाफा नेपाल बैंकले गरेको छ । चैत मसान्तसम्म सात वाणिज्य बैंक नाफा बढाउन सफल भएका छन् भने १३ वाणिज्य बैंकको नाफामा कमी आएको छ । अर्थतन्त्रमा आएको मन्दीको असर बैंकको नाफामा पनि देखिएको छ । 

Bank-1713511035.png
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro