site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘चैतसम्म द्रुतमार्गको ३३ प्रतिशत काम सम्पन्न’ 

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले गएको चैत मसान्तसम्म काठमाडौं–निजगढ द्रुतमार्गको काम ३३.२ प्रतिशत सकिएको जानकारी दिएका छन् । 

प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले द्रुतमार्ग निर्माणको अवस्थाबारे जानकारी दिनेक्रममा गएको चैत मसान्तसम्ममा ३३.२ प्रतिशत काम सकिएको बताएका हुन् । 

उनका अनुसार निर्माणाधीन तीनवटा सुरुङको खन्ने कार्य पनि ७६ प्रतिशत सकिएको छ । द्रुतमार्ग बनाउने क्रममा हालसम्म ३० हजार  ५९१ रुख काटेको जानकारी दिएका प्रधानसेनापति शर्माले वित्तीय प्रगति ३३ प्रतिशत भएको बताए । 
 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro