site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु भएका तीनमध्ये दुईजनाको सनाखत
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटनामा परी मृत्यु भएका तीनमध्ये दुई जनाको सनाखत भएको छ ।

दुर्घटनामा परी दोलखाको भीमेश्वर नगरपालिकाका शिव श्रेष्ठ र सोही ठाउँका मानबहादुर थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरञ्जन भट्टराईले जानकारी दिए ।

मृतक एकको भने सनाखत हुन बाँकी छ । दोलखाबाट जन्ती बोकेर आएको बा४ख ५६१६ नम्बरको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, धारावतीमा शुक्रबार बिहान दुर्घटना भएको थियो ।

दुर्घटनामा परी ५२ जना घाइते भएका छन् । सिन्धुपाल्चोकका विभिन्न अस्पताल एवं स्वास्थ्य केन्द्रमा घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १०:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro