site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलद्वारा इरानमाथि मिसाइल आक्रमण 

तेहरान । इजरायलले इरानमाथि शुक्रबार बिहान आक्रमण गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् । इरानका एयर डिफेन्सलाई केही प्रान्तहरूमा सक्रिय गराइएको जनाइएको छ ।

इरानको इशफान क्षेत्रमा थुप्रै विस्फोटका घटना भएको जनाइएको छ । इरानका विदेशमन्त्री होसेन अमीर अब्दुल्लाहले सीएनएनसँगको एक अन्तर्वार्तामा इजरायलले कुनै सैनिक गतिविधि गरेमा यसको प्रतिक्रिया तत्काल र व्यापक रूपमा पाउने चेतावनी शुक्रबार दिएलगत्तै इरानमा विस्फोटका घटना सुनिएको जनाइएको छ ।

बिहीबार इजरायलका प्रधानमन्त्री बेन्जामिन न्यातानाहूले इजरायलले आफ्नै हिसाबले निर्णय लिने बताएका थिए ।

इरानको राष्ट्रिय टीभीकाअनुसार इरानबाट अरू देशमा जाने केही उडान समेत तत्काल रद्द गरिएका छन् । कम्तीमा आठ उडान इरानी आकाशबाट अन्यत्र मोडिएको जनाइएको छ । बीबीसीबाट ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro