site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
छुरा प्रहार गरी हत्या गरेको आरोपमा तीनजना पक्राउ 

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका ३० वर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार पक्राउ पर्नेहरूमा दिक्तेल रुपाकोट मझुवागढी–११ का २२ वर्षीय विकास राई, २० वर्षीय आसन राई र २८ वर्षीय गणेश राई छन् । 

गएको शनिबार राति आपसी वादविवादका क्रममा धनजितलाई उनीहरूले शरीरको विभिन्न भागमा छुरा प्रहार गरेर भागेका थिए । छुरा प्रहारबाट घाइते राईको घटनास्थलमा नै मृत्यु भएको थियो । सोमबार बिहान दिक्तेल रुपाकोट मझुवागढी–१० मा लुकेर बसेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro