site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रामेछापमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

मन्थली । रामेछापको मन्थली नगरपालिका–७, मन्थलीघाटनजिक सोमबार टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घटनास्थलमै उनको मृत्यु भएको हो ।

रामेछापकै गोकुलगंगा गाउँपालिका–३, रस्नालुका २३ वर्षीय पवित्र बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

दुर्घटनामा परी दोलखाको तामाकोसी गाउँपालिका–६ का २१ वर्षीय सहचालक मनोज फुयाँल घाइते भएका छन् । मन्थली नगर अस्पतालमा उनको उपचार भइरहेको छ ।

बालुवा लिएर भटौलीबाट मन्थलीतर्फ जाँदै गरेको बा प्र ०१–००६–३८३९ नम्बरको टिपर सडकबाट करिब ५० मिटर तल तामाकोसी नदीमा खसेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १०:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro