site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंमा शनिबार भएको स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३२, कोटेश्वर, मुनिभरैव बस पकेटनजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२६प६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो ।

दुर्घटनामा स्कुटर चालक काठमाडौंको पेप्सीकोलाका ५२ वर्षीय रामशरण केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro