site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भारतीय सेनामा कार्यरत राई खैरो हेरोइनसहित पक्राउ

काठमाडौं । लागुऔषध खैरो हेरोइनसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ का ३५ वर्षीय मनोज राई र काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ का ३० वर्षीय रवीन्द्र श्रेष्ठ छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका राई लागुऔषध खैरो हेरोइनको कारोबारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

राईको साथबाट प्रहरीले ४१ ग्राम खैरो हेरोइन बरामद गरेको छ । यस्तै, १० ग्राम खैरो हेरोइन बिक्री गरेबापत प्राप्त ४३ हजार रुपैयाँ समेत बरामद गरिएको छ ।

प्रहरीका अनुसार, पक्राउ परेका मध्ये राई भारतीय सेना (गोर्खा रेजिमेन्ट)मा कार्यरत सिपाही रहेको खुलेको छ । उनीमाथि थप अनुसन्धान जारी छ ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro