site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से १०.७१ अंकले घट्यो, तीन अर्ब ४८ करोडको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार १०.७१ अंकले घटेर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार नेप्से घटेर २०२२.२८ विन्दुमा बन्द भएको हो ।

तीन अर्ब ४८ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका कुल कम्पनीमध्ये ६३ को सेयर मूल्य बढेको छ । १७६ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

माण्डु हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र पिपुल्स पावर कम्पनीको सेयर मूल्य बढेको छ । माण्डु हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ६८ रुपैयाँ बढेको छ । खानीखोला हाइड्रोपावरको प्रतिकित्ता १९ रुपैयाँ र पिपुल्स पावरको सेयर मूल्य ४० रूपैयाँ पढेको छ ।

सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९३ प्रतिशतले घटेको छ ।

हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक रकमको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको १२ करोड ५४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये व्यापार र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ । व्यापार समूहको परिसूचक १.४६ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.१३ प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक २.५० प्रतिशतले घटेको छ । 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro