site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नयाँ वर्षमा टाटा मोटर्सले ल्यायो ‘नयाँ कार २०८१’ योजना

काठमाडौं । टाटा मोटर्सले नयाँ वर्ष २०८१ को अवसरमा ‘नयाँ वर्ष नयाँ कार २०८१’ योजना ल्याएको छ । नेपालका लागि टाटाको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्षको अफर योजना सार्वजनिक गरेको हो ।

अफर योजनाअन्तर्गत ग्राहकले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन ईभी लगायतका गाडी अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

यसका साथै जुनसुकै ब्रान्डका गाडी लगेर टाटाको गाडीसँग एक्सचेन्ज गर्दा आकर्षक एक्सचेन्ज बोनस, एक वर्षको अटोप्लस इन्स्योरेन्स, एक वर्षको सवारी कर, एक्सेसरिज र फास्ट चार्जर निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजना टाटा मोटर्सको नेपालभर रहेका सोरुममा लागु हुने कम्पनीले जनाएको छ । यो अफर योजना सीमित अवधिका लागि मात्र लागु हुने बताइएको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro