site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
टर्कीले इजरायलमाथि व्यापार प्रतिबन्ध लगाउने

इस्तानबुल । गाजामा युद्धको जवाफमा टर्कीले मंगलबारदेखि सिमेन्ट, स्टिल र फलामको निर्माण सामग्रीसहित धेरै उत्पादनमा इजरायलमाथि व्यापार प्रतिबन्ध लगाउने भएको छ ।

“इजरायलले तत्काल युद्धविराम घोषणा नगरेसम्म र गाजामा मानवीय सहायताको पर्याप्त तथा निर्बाध प्रवाहको अनुमति नदिएसम्म यो निर्णय कायम रहनेछ,” टर्कीको व्यापार मन्त्रालयले सामाजिक सञ्जालमा घोषणा गरेको छ । इजरायलले गाजालाई हवाई सहायता प्रदान गर्ने आफ्नो प्रयासलाई रोकेको एक दिनपछि टर्कीले नयाँ कदम चालेको हो ।

विदेशमन्त्री हकन फिदानले इजरायलविरुद्ध प्रतिशोधको वाचा गर्दै प्रतिबन्धलाई ‘चरणबद्ध रूपमा’ र ‘बिनाकुनै ढिलाइ’ लागु गरिने बताए ।

टर्की गाजामा इजरायलको युद्धको सबैभन्दा कठोर आलोचकमध्येको एक हो । राष्ट्रपति रेसेप तैयम एर्दोगानले इजरायललाई ‘आतंकवादी राज्य’को संज्ञा दिएका छन् । रासस/एएफपी

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro