site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कास्कीका तीन पालिकामा आज बिदा

कास्की । कास्कीका तीन स्थानीय तहले तमु (गुरुङ) जातिको मौलिक एवं परम्परागत पर्व ट्होटेका अवसरमा आज (मंगलबार) स्थानीय बिदा दिएका छन् । जिल्लाका मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले बिदा दिएका हुन् ।

गाउँ कार्यपालिका कार्यालय, मातहतका वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द रहने पालिकाले जनाएका हुन् । स्थानीय तहले सूचना प्रकाशित गरी बिदा दिँदै ट्होटेको शुभकामना समेत दिएका छन् ।

गुरुङ समुदायले प्रत्येक वर्ष चैत र साउन महिनाको अन्तिम मंगलबार सडकमा निस्केर धुमधामका साथ ट्होटे पर्व मनाउँदै आएका छन् । गुरुङ भाषामा ‘ट्हो’ भनेको राज्य र ‘टेँ’ भनेको धपाउने अर्थात् राज्यबाट शत्रुलाई लखेट्ने भन्ने बुझिन्छ ।

विशेष गरी गण्डकी प्रदेशका कास्की, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वतलगायतका जिल्लामा बस्ने गुरुङले आफ्नो ऐतिहासिक एवं ठूलो सांस्कृतिक चाडका रूपमा ट्होटे मनाउने गर्छन् ।

यसैबीच तमुधिँ नेपालले पोखरामा धुमधामका साथ ट्होटे पर्व मनाउने तयारी गरेको छ । तमुधिँका अध्यक्ष हुमबहादुर तमुले पर्वका अवसरमा पोखरामा विगतका वर्षमा झै यस वर्ष पनि बाजागाजा, झाँकीसहित पोखरा नयाँ बजारबाट र्‍याली निकालिने र सभागृहमा समारोह आयोजना गरिएको जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro