site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मोजाम्बिकमा डुंगा दुर्घटना हुँदा ९१ जनाको मृत्यु

मापुतो, मोजाम्बिका । मोजाम्बिकको उत्तरी प्रान्त नाम्पुलाको मोजाम्बिक टापु नजिकै आइतबार अत्यधिक भार भएको एक डुंगा पल्टिँदा कम्तीमा ९१ जनाको मृत्यु भएको सरकारी रेडियो मोजाम्बिक (आरएम)ले जनाएको छ ।

रेडियोका अनुसार दुर्घटनामा ९१ जनाको मृत्यु भएको, ३० जना बेपत्ता रहेका र पाँचजनालाई जिवितै उद्धार गरिएको छ । दुर्घटनामा बालबालिका र महिला समेतको मृत्यु भएको नाम्पुला प्रान्तका एक मन्त्री जैमे नेटोले जानकारी गराए ।

नेटोले आरएमलाई हैजाको प्रकोपको बारेमा गलत सूचनाका कारण आतंकित यात्रुहरूले आफ्नो मूल बाटो छोडेर उक्त डुंगामा चढेका र दुर्घटनामा परेको बताएका छन् । दुर्घटनामा परेको डुंगा धेरै मानिसहरू चढ्नको लागि नभई माछा मार्ने प्रयोजनको लागि तयार गरिएको भएता पनि हैजाको प्रकोपको बारेमा गलत सूचना आतंकका कारण उनीहरू हतारिएर निकै खचाखचरूपमा भरिएको उक्त डुंगामा चढेको नेटोले बताए ।  

दुर्घटनामा परी बेपत्ता व्यक्तिहरूको खोजी जारी राख्दै दुर्घटनाको अनुसन्धान गर्न अधिकारीहरूले बहुक्षेत्रीय टोली गठन गरेका छन् । रासस/सिन्ह्वा

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro