site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सरकारी वकिल र प्रहरीमा पुग्यो महेश बस्नेतविरुद्धको बलात्कार उजुरी
फाइल तस्बिर ।

काठमाडौं । प्रहरीले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतमाथिको जाहेरी दर्ता गरेको छ । एक महिलाले आफूमाथि बलात्कार भएको दाबीसहित बस्नेतविरुद्ध हुलाकमार्फत जाहेरी पठाएकी थिइन् ।

सोही जाहेरीबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए ।

"प्रहरी र सरकारी वकिल कार्यालय र हामीलाई हुलाकमार्फत एउटै प्रकृतिको उजुरी आएको छ । हामी अनुसन्धान गर्दै छौँ । हुलाक मार्फतको उजुरी फिर्ता हुने भन्ने होइन । दर्ता नै भन्न पनि मिल्दैन । अनुसन्धान गरेर के देखिन्छ, त्यही अनुसार हुन्छ," एसएसपी खत्रीले भने ।

ती महिलाले आफूमाथि बस्नेतले काठमाडौं बबरमहलस्थित सनसाइन अपार्टमेन्ट र भारतमासमेत बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छन् ।

बस्नेत पूर्वउद्योगमन्त्री हुन् ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro