site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आन्तरिक प्रतिस्पर्धा गराई राहत, करारका शिक्षकलाई प्याकेजसहित बिदा गर्नुपर्छ : सांसद शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद नारायणी शर्माले राहत, अनुदान र करारका शिक्षकहरू आन्तरिक प्रतिस्पर्धामा उत्तीर्ण हुन नसके आकर्षक आर्थिक प्याकेज दिई बिदा गर्नुपर्ने बताएकी छन् । आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो प्रस्ताव गरेकी हुन् ।

उनले सम्पूर्ण विद्यालयमा कार्यरत राहत, उच्च मावि अनुदान, करार, विशेष, प्राविधिक धार शिक्षण सिकाइ अनुदानतर्फका शिक्षकलाई एकपटकलाई आन्तरिक प्रतिस्पर्धा गराउनुपर्नेमा जोड दिइन् । परीक्षामा सफल हुने सबैलाई स्थायी र नहुनेलाई प्याकेजसहित बिदा गर्नुपर्ने उनको धारणा छ ।

“यी वर्गका शिक्षकलाई पहिला एकैपटक हटाउने भन्ने पनि थियो । यस्तो नगरेर एकचोटि उनीहरुलाई मौका दिनुपर्छ,” सांसद शर्माले भनिन् ।

अर्का संशोधनकर्ता सांसद स्वराज अहमद फारुकीले मदरसा शिक्षामा उत्तीर्णको अहिलेसम्म मान्यता नभएको भन्दै विधेयकमा त्यसको व्यवस्था गर्नुपर्ने माग गरे ।

विद्यालय शिक्षासम्बन्धी नीति, कानुन, योजना, व्यवस्थापन, अनुगमन, समायोजनका निम्ति प्राज्ञिक तथा नीतिगत सुझाव प्रदान गर्न स्वायत्त शिक्षा अधिकार आयोग गठन गर्ने व्यवस्था ऐनमा समेट्नुपर्ने फारुकीको प्रस्ताव छ ।

विद्यालय शिक्षा विधेयकलाई ऐनको रूप दिन समितिमा निरन्तर दफावार छलफल जारी छ । 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro