site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भैरहवाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि, कहाँको कति ?
काठमाडौंको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । प्रिमनसुन सुरु भएयता नेपालमा तापक्रम बढ्दै गएको छ । आउँदा दिनमा अझै तापक्रम बढ्ने पूर्वानुमान छ । नेपालमा मे महिनामा बढी गर्मी हुने गरेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

महाशाखाले शनिबार बेलुका सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये भैरहवाको अधिकतम तापक्रम सबैभन्दा बढी ४०.२ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार भैरहवाको अधिकतम तापक्रम ३९.५ डिग्री सेल्सियस थियो ।

शनिबार नेपालगन्जको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार नेपालगन्जको अधिकतम तापक्रम ३६.४ डिग्री सेल्सियस थियो ।

शुक्रबारको तुलनामा शनिबार काठमाडौंको अधिकतम तापक्रम भने थोरै कम छ । शनिबार काठमाडौंको अधिकतम तापक्रम ३१.२ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ३१.५ डिग्री सेल्सियस थियो । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण मौसममा बदली हुँदा केही स्थानमा तुलनात्मक रूपमा तापक्रम थोरै घटेको महाशाखाले जनाएको छ ।

शनिबार धनगढीको अधिकतम तापक्रम ३६.५, सिमराको ३६.४, जनकपुरको ३४.८, दिपायलको अधिकतम तापक्रम ३४.७ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जानकारी गराएको छ ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ ।

s1-1712424027.jpgf1-1712424046.jpg
 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  २३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro