site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना

दैलेख । पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटनामा परेको छ । दुल्लु नगरपालिका–३, पालीमा उपकरण ढुवानी गर्ने क्रममा ट्रक दुर्घटनामा परेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

नेपालगन्जबाट भैरवी गाउँपालिकाको जलजलेस्थित आयोजनास्थलमा उपकरण ढुवानी गर्ने क्रममा मप०३००१ख ७८१७  नम्बरको भारतीय ट्रक दुर्घटनामा परेको हो । “सडक चौडा पार्ने कम्पनीले सडकमा छाडेका गिट्टीका कारण ट्रक सडकमै पल्टिएको थियो । दुईवटा क्रेनको सहायताले ट्रक उठाइएको छ,” प्रमुख जिल्ला अधिकारी भुसालले भने ।

चिनियाँ सरकारको अनुदानमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाका निम्ति पहिलो चरणमा २२ मालवाहक ट्रक अन्वेषणस्थलमा पुगिसकेका छन् ।

वि.सं. २०७२ चैतमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो । सोहीबमोजिम ०७५ माघमा चीन र नेपालबीच परियोजना स्वीकृत भई ०७६ सालदेखि प्रारम्भिक सर्वेक्षण सुरु भएको थियो । हाल जलजलेमा ४५ रोपनी जग्गा अधिग्रण गरी ड्रिलिङको तयारी गरिएको छ । रासस

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro