site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विद्यार्थीलाई काम सिकाउन प्रशिक्षार्थीसम्बन्धी कार्यविधि ल्याइएको हो : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयका विद्यार्थीलाई काम गर्न सिकाउन प्रशिक्षार्थीसम्बन्धी कार्यविधि ल्याइएको बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले विभिन्न समयमा सोधेका प्रश्नको जवाफ दिँदै यस्तो बताएकी हुन् । 

मन्त्री श्रेष्ठले विद्यार्थीलाई सरकारी प्रणालीबारे बुझाउने अवसरको रूपमा यो कार्यविधि सुशासन ऐनमा टेकेर ल्याइएको र लागु गर्न खोजिएको जवाफ दिएकी छन् । यसरी इन्टर्नशीप गराउँदा आवश्यकता र विद्यार्थीको रुचीअनुसार, गोप्य सूचनामा पहुँच नहुने गरी, सीमित संख्यामा, राज्यलाई आर्थिक भार नपर्नेगरी र कर्मचारीकै नेतृत्वमा विद्यार्थी खटाइने उनले प्रष्ट पारिन् ।

“के विद्यार्थीले राजनीति मात्रै सिक्ने त, देशलाई नेता मात्रै चाहिएको हो ? देशको सरकारी प्रणालीबारे विद्यार्थीले जान्नु पर्दैन, सिक्नु पर्दैन ?” उनले प्रश्न गरिन् । विद्यार्थीले अवसर पाउने र न्याय हुने कुरामा राजनीति नगर्न पनि उनले सांसदहरूलाई आग्रह गरिन् । 
 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro