site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वित्तीय साक्षरता प्रदान गर्दै कुमारी बैंकले सम्पन्न गर्‍यो ‘ग्लोबल मनी विक’

काठमाडौं । ‘ग्लोबल मनी विक २०२४’ को १२औँ संस्करणमा कुमारी बैंकले सहभागिता जनाएको छ । वित्तीय कलामा सुधार ल्याई अब्बल वित्तीय मनोवृद्धि प्रवर्द्धनमार्फत कुशल व्यवहार विकासलाई प्रमुख लक्ष्यका रूपमा लिँदै विभिन्न क्रियाकलाप गरिरहेको छ । 

वित्तीय लक्ष्य निर्धारणका लागि क्यालकुलेटर सञ्चालन, वित्तीय साक्षरताका आधारस्तम्भको प्रशिक्षण, सामाजिक सञ्जालमार्फत वित्तीय साक्षरतासम्बन्धी क्विज तथा जनचेतना विकासका सामाग्री प्रसारण गरिएको छ । 

बैंकले ग्लोबल मनी विकको सप्ताहभरमा देशैभर रहेका आफ्ना शाखा कार्यलयबाट १२३ ओटा वित्तीय साक्षरता प्रवतर्नका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । जसमा ५४ सयभन्दा बढी विद्यार्थी, विभिन्न संघ संस्था तथा सर्वसाधारणले सहभागिता जनाएको बैंकले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १९:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro