site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
रक्षा नेपाललाई सिटिजन्स बैंकको सहयोग

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रक्षा नेपाललाई सहयोग गरेको छ ।

एक समारोहबीच रक्षा नेपालमा शरण लिइ बसेका महिला तथा बालबालिकाहरूका लागि दैनिक उपभोग्य खाद्यान्नलगायत अन्य आवश्यक सामग्री सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्तान्तरण गरे । कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले रक्षा नेपालले  गरेको मानवीय कार्यको लागि प्रशंसा समेत गरे ।

रक्षा नेपालले यौन शोषणमा परेका बालिका, महिला र उनीहरूका बालबालिका, विशेषगरी बेचबिखन र यौन हिंसाको जोखिममा परेका बालबालिकाको सुरक्षाका लागि कानुनी सहयोग गर्दै आएको छ । यसको मुख्य लक्ष्य महिला र युवतीहरूलाई उनीहरूको ज्ञान, चेतना र सामाजिक आर्थिक स्थिति बढाएर बेचबिखन र यौन हिंसाबाट बचाउनु हो । 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro