site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४’

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका विद्यार्थीमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेर यो वर्षको ‘ग्लोबल मनी विक २०२४’ सम्पन्न गरेको छ ।

बैंकका सातै प्रदेशका १०० भन्दा बढी शाखाले विद्यार्थी र युवालाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराउँदै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरे ।

यो अभियानबाट मुलुकभरका ६ हजारभन्दा धेरै विद्यार्थी र युवा लाभान्वित भएका बैंकले जनाएको छ ।

३० भन्दा धेरै शाखाले विभिन्न विद्यालयका २५० भन्दा धेरै विद्यार्थीलाई आफ्नो शाखा भ्रमण समेत गराउँदै बैंकिङ प्रणालीका बारेमा जानकारी गराएको बैंकले जनाएको छ ।

एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६७० एटीएम, ११६ विस्तारित काउन्टर र ५१ शाखारहित शाखा सञ्जालमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १४:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro