site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कञ्चनजंघा क्षेत्रमा आउन थाले पर्यटक
प्रतीकात्मक तस्बिर ।

फुङ्लिङ । पर्यटक आगमनको याम प्रारम्भ भएसँगै विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा क्षेत्रमा पर्यटक आउन थालेका छन् ।  

कञ्चनजंघा हिमाल क्षेत्रमा वर्षमा दुई याममा पर्यटक  आउने गरेका छन् । पहिलो याम सकिएर दोस्रो ‘सिजन’ सुरु भएको छ ।  चैतदेखि जेठ तेस्रो सातासम्म कञ्चनजंघा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको छन् । गत बुधबार ६० जना विदेशी पर्यटक कञ्चनजंघा क्षेत्रको घुन्सा बस्तीमा आइपुगेका कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । 

पर्यटक आगमन सुरु भएसँगै कञ्चनजंघा जाने पदमार्गमा रहेको होटेल खुलिसकेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक टासी तेन्जिङले बताए । पहिलो सिजनमा कञ्चनजंघा क्षेत्रमा ६५० जान बाह्य पर्यटक आएका उनले बताए । आन्तरिक पर्यटक आगमनको अभिलेख भने नगरिएको उनले जानकारी दिए । गत वर्ष ४३९ जना बाह्य पर्यटकले मात्र कञ्चनजंघा क्षेत्रको भ्रमण गरेका थिए । 

कञ्चनजंघा क्षेत्रमा आउने पर्यटकलाई लक्ष्य गरेर यो क्षेत्रमा सानाठूला ५२ वटा होटेल सञ्चालनमा छन् । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा सात करोड लगानीमा सिंगी नामजोग होटेल पनि सञ्चलनमा आएको छ । रासस

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro