site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शिक्षामन्त्रीले श्रेष्ठले दिइन् त्रिविका उपकुलपतिलाई धन्यवाद

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तहमा नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र बनाउने निर्णय गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिविलाई धन्यवाद दिएकी छन् ।

आफूहरूले एक वर्ष अगाडिदेखि नै उठाउँदै आएको मागलाई त्रिविले सम्बोधन गरेको उनको भनाइ छ ।

शिक्षामन्त्री हुनु अगाडि श्रेष्ठले नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र बनाउनुपर्ने माग गर्दै सदनमै प्रश्न उठाएकी थिइन् ।

त्रिविको निर्णयपछि शुक्रबार एक भिडियोमार्फत मन्त्री श्रेष्ठले विद्यार्थीलाई बधाई दिँदै त्रिविका उपकुलपति प्राडा केशरजंग बराललाई विशेष धन्यवाद दिएकी छन्  ।

बिहीबारमात्र त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले स्नातक तहको प्रश्न पत्र अंग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  २२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro