site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
क्यानडा पठाउने भन्दै करोडौँ असुली, दिल्ली पुर्‍याएर बनाएका थिए बन्धक

काठमाडौं । मधेसका युवाहरूलाई लक्षित गरेर वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ परेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गिरोहलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गिरोहले मधेसका विभिन्न जिल्लाका २२ जना युवाहरूलाई क्यानडा, स्पेन, पोल्यान्ड, माल्टालगायतका देशमा पठाउने प्रलोभन देखाएर दिल्ली पुर्‍याएको थियो । तर, दिल्लीमा युवाहरूलाई एक महिनासम्म बन्धक बनाएको प्रहरीले जनाएको छ ।

गिरोहलाई कार्यालयका डीएसपी गोविन्द पन्थी नेतृत्वको अनुसन्धान टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीको हरिवनका रूपेश ठाकुर, सर्लाहीकै कृष्णबहादुर राई, पर्वराज पाण्डे छन् । राईको टप च्वाइस एजुकेसन कन्सलटेन्सीमार्फत विदेश पठाउने भन्दै युवारहरूबाट करोडौँ रुपैयाँ असुल गरिएको थियो । गिरोहले प्रतिव्यक्ति पाँच लाखदेखि १८ लाख रुपैँयासम्म ठगी गरेको पाइएको प्रहरी अनुसन्धानले देखाएको छ ।

ठाकुर र राईलाई करिब ६ महिना लामो प्रयासपछि पक्राउ गर्न सफल भएको कार्यालयका एसपी नकुल पोखरेल बताउँछन् । उनीहरू पक्राउ परेलगत्तै पीडितहरू प्रहरी कार्यालयमै पुगेका छन् ।

पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

वैदेशिक रोजगारीमा पठाउने नाममा ठगी गरेको आरोपमा डीएसपी पन्थी नेतृत्वको टोली आठ महिनाको अवधिमा २८० जनालाई पक्राउ गर्न सफल भएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १७:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro