site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कुमारी बैंकको मोबाइल बैंकिङ एपबाट मुद्दती निक्षेपबाट कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकमा मुद्दती निक्षेप र रिकरिङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङ एपबाट निक्षेपको ९० प्रतिशतसम्म कर्जा सुविधा सजिलै र तुरुन्तै लिन सकिने बैंकले जनाएको छ । हालसम्म यो सेवा लिनका लागि बचतकर्ता स्वयम् बैंकको शाखामा उपस्थित हुनुपर्ने अवस्था थियो ।

आफ्नो एपको पछिल्लो संस्करणमा बचतकर्ताको समयको महत्त्वलाई मध्यनजर गर्दै अबदेखि सो सेवा घर बसेर नै लिन सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।

मोबाइल बैंकिङ एपबाट कर्जा लिँदा ब्याजदरमा ०.२५ प्रतिशत छुट पनि रहेको छ । यस्तो प्रकारको कर्जा लिनको लागी कुनै पनि किसिमको कागजी प्रक्रियाहरू नहुने र मोबाइल बैंकिङ एपमार्फत  यो सुविधा चौबिसै घण्टा उपलब्ध रहने बैंकले सार्वजनिक गरेको छ ।

निक्षेपकर्तालाई आवश्यकता परेका अवस्थामा निक्षेपकर्ताले आफ्नो मुद्दती निक्षेपलाई रद्द नगरी, मोबाइल बैंकिङ एपमार्फत सामान्य केही क्लिकहरू गरेको आधारमै आफ्नो बैंक खातामा तुरुन्तै कर्जाको रकम प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले पछिल्लो समयमा यस प्रकारका धेरै डिजिटल सुविधा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro