site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एसपीमा बढुवा सिफारिस विवादित : पुछारका समेटिए, एक नम्बरका छुटे

काठमाडौं । प्रहरी प्रधान कार्यालयले बुधबार प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा गरेको बढुवा सिफारिस विवादित बनेको छ । १२ नम्बरका डीएसपी विनोद घिमिरे बढुवा सिफारिस सूचीमा परेका छन् । तर, पहिलो नम्बरका प्रदीप क्षेत्री सो सूचीमा नपरेपछि विवादित बनेको हो ।

घिमिरे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्वपीएसओ समेत हुन् । आठौँ र नवौँ नम्बरमा रहेका डीएसपी राजन लिम्बू र सन्तोष तामाङ समेत बढुवा सिफारिसमा परेका छन् । उनीहरू दुवैजना पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पीएसओ हुन् ।

कुल आठ रिक्त दरबन्दीका निम्ति १२ डीएसपीमध्येबाट उनीहरूलाई बढुवा सिफारिस गरिएको छ । यसअघिका दुईपटकको बढुवामा १२ जना नै छुटेका थिए । अघिल्लोपटक भने प्रहरी प्रधान कार्यालयले सिरियल नम्बरअनुसार बढुवा गरेको थियो ।

योपटक कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ०७२ सालमा उनीहरू सबै एकसाथ इन्स्पेक्टरबाट डीएसपी भएका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro