site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नबिल बैंकले गर्‍यो विद्यार्थीमाझ वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । नबिल बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्न सातवटै प्रदेश कार्यालयसहित देशव्यापी कार्यक्रम गरेको छ । नबिलले ‘ग्लोबल मनी विक २०२४’ को अवसरमा युवा र विद्यार्थी केन्द्रित कार्यक्रम गरेको हो ।

मार्च १८ देखि २४ गतेसम्म विश्वभर ग्लोबल मनी विक सञ्चालन गरिएको थियो । यही अभियानअन्तर्गत नबिल बैंकले देशका सातवटै प्रदेशमा एक हजार ९०० भन्दा बढी विद्यार्थी माझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेको हो ।

नबिल बैंकले युवालाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गराउनु पर्छ र त्यसकालागि राम्रो वित्तीय ज्ञान दिन जरुरी छ भन्ने उद्देश्यले जागरूकता अभियान सञ्चालन गर्दै आएको छ ।

ग्लोबल मनी विकको सन्दर्भमा सातै प्रदेशमा सञ्चालन गरिएको कार्यक्रममा बचत, बजेटिङ, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षा लगायतका विषयमा विद्यार्थीहरूलाई जानकारी गराइएको बैंकले जनाएको छ ।

कोसी प्रदेशका ६७३, मधेस प्रदेशका २२०, वाग्मती प्रदेशका ४२५, लुम्बिनी प्रदेशका १३५, सुदूरपश्चिम प्रदेशका १२०, कर्णाली प्रदेशका २४० भन्दा बढी विद्यार्थी लाभान्वित उक्त कार्यक्रमबाट भएका छन् ।

नबिल बैंकले देशभर २६७ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro