site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्गा प्रसाईंले कानुनले दिएकोभन्दा बढी अधिकार प्रयोग गरे : गृहमन्त्री लामिछाने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कानुनले दिएको भन्दा बढी अधिकार प्रयोग गरेको बताएका छन् । प्रसाईंका सुरक्षा गार्ड हतियारसहित पक्राउ परेको विषयमा सांसदले राखेको प्रश्नको जवाफमा गृहमनत्री लामिछानेले मन्त्रालयले यसबारे अध्ययन सुरु गरिरहेको जानकारी दिए ।  

“हतियार राख्ने विषयमा धेरै कुरा आयो । अहिले प्रारम्भिक रूपमा कानुनले दिएको भन्दा बढी अधिकार प्रयोग भएको पाइएको छ,” गृहमन्त्री लामिछानेले भने, “हतियारको मालिक एउटा चलाउने अर्को व्यक्ति भएको पाइएको छ । हतियार चलाउने अख्तियार प्राप्त नभएको व्यक्तिको हातबाट पक्राउ परेको छ ।”

उनले यसबारे अदालतको आदेश आइसकेको भन्दै आवश्यक काम मन्त्रालयले सुरु गरिसकेको बताए । “यस्ता हतियार कति राखियो, विवरण मगाएका छौँ,” लामिछानेले भने ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro