site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्गा प्रसाईंका बडिगार्डलाई आजै थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले हतियारसहित पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षक (बडिगार्ड)लाई रिहा गर्न आदेश दिएको छ ।

मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका प्रसाईंका अंगक्षकलाई रिहा गर्न आदेश दिएको हो । 

"...निवेदकलाई दिएको जरुरी पक्राउ पुर्जी, थुनुवा पुर्जी तथा म्याद थपको आदेश तथा पत्रलगायतका काम कारबाही र निर्णय उत्प्रेषणको आदेशले बदर गरी निवेदकलाई गैरकानुनी थुनाबाट आजै मुक्त गरिदिनू भनी विपक्षीहरूका नाउँमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ । यो आदेशको जानकारी विपक्षीहरूलाई दिनू," आदेशमा भनिएको छ ।

चैत ५ गते सर्वोच्च परिसरबाट प्रसाईंका दुई व्यक्तिगत सुरक्षा गार्ड दिपक खड्का र राजकुमार धिताल पक्राउ परेका थिए । उनीहरूको साथबाट हतियार एक थान, म्याग्जिन साना–ठूलोे दुई–दुई थान, म्याक्जिन होल्डर एक थान, गोली १०० राउन्ड बरामद गरिएको थियो । 

हेर्नुहोस् आदेश

111-1711462539.jpg

2222-1711462538.webp

33333-1711462538.webp

 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro