site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बिमाको पैसा लिन हत्या गर्ने ५ जना दोषी ठहर, दुई करोड ६९ लाख जरिवाना

काठमाडौं । मृतकको नामको बिमाको अनधिकृत भुक्तानी लिएर गैरकानुनी लाभ लिएको आरोप लागेका पाँचजना सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायाण सिंह राई र रितेश थापाको इजालासले दोषी ठहर गरेका प्रतिवादीहरूका लागि मंगलबार सजाय निर्धारण गरेको छ ।

प्रतिवादीहरू सपना मल्ल, सञ्जीव आर्याल, दिपक केसी र सरदार अहमद खाँले ०७८ वैशाख २ गते कृत्रिम सडक दुर्घटना गराएर बाँकेका २१ वर्षीय सर्जन बिकको हत्या गरेका थिए । उनीहरूको हत्या योजनामा माइक्रो चालक टोपबहादुर राना थपिएका थिए । हत्यापछि अनधिकृतरूपमा बिमा रकम भुक्तानी लिएर उनीहरूले बाँडफाँट गरेका थिए ।

उनीहरूलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो ।

सर्जनसँग विवाह दर्ता गराएर आपराधिक लाभ लिएकी सपना मल्ललाई अदालतले ७२ लाख १८ हजार, उनीसँग आपाराधिक समूहमा आबद्ध भएका सञ्जीव अर्याललाई ८० लाख ३६ हजार, दिपक केसीलाई ६० लाख र सरदार अहमत खाँलाई २० लाख रुपैयाँ बिगो कायम गरी सोको देाब्बर जरिवाना तोकिएको छ ।

उनीहरू सबैलाई समान आठ वर्ष कैद सजाय तोकेको छ । 

माइक्रो चालक टोपबहादुर रानालाई ३६ लाख ९ हजार जरिवानासहित चार वर्ष कैद सजाय तोकिएको छ ।

उनीहरूबाट कुल दुई करोड ६९ लाख रुपैयाँ जरिवाना हुने फैसला भएको हो । उनीहरूको रोक्का रहेको खातामा रहेका रकम र उनीहरूको नाममा भएको जग्गासमेत जपथ हुने फैसला भएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १९:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro