site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एसईईमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका १५ विद्यार्थी सहभागी हुँदै 

काठमाडौं । चैत १५ गतेदेखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा लैंगिक तथा यौनिक अल्पसंख्यक (एलजीबीटीआई) समुदायबाट १५ परीक्षार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले अन्य वर्गमा राखी एलजीबीटीआई समुदायलाई पहिलोपटक एसईईमा सहभागी गराउन लागेको हो । 

फरक पहिचान भए पनि यसअघि छात्र वा छात्रा वर्गमा राख्ने गरेकोमा सरकारले यो वर्ष पहिलोपटक एलजीबीटीआई समुदायको वर्ग छुट्याएको निलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङले बताइन् । 

यो वर्षको एसईईमा पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुँदै छन् । जसमा दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ५२७ छात्र र १५ जना अन्य परीक्षार्थी रहेको बोर्डले जनाएको छ । 

एसईईका निम्ति दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro