site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३२ हजार २२६ पुग्यो
फाइल तस्बिर : रोयटर्स ।

काठमाडौं । गाजामा इजरायलको जारी हमलामा हालसम्म ३२ हजार २२६ प्यालेस्टाइनीको मृत्यु भएको छ । ७४ हजार ५१८ जना घाइते भएका छन् ।

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या झनै बढिरहेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सेना र शिन बेट सुरक्षा सेवाले अल–शिफा अस्पताल क्षेत्रमा लडाइँ जारी राखेको छ । इजरायलले यसअघि पनि सो अस्पताललाई निसाना बनाएर आक्रमण गरेको थियो । हमासले यसलाई कमान्ड सेन्टरका रूपमा प्रयोग गरेको र कम्प्लेक्समुनि भूमिगत सुरुङमा हतियार र लडाकु लुकाएको इजरायलको दाबी छ ।

इजरायल र हमासबीच सन् २०२३ अक्टोबर ७ देखि युद्ध सुरु भएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro