site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दिल्लीमा प्रदर्शन गर्दै आम आदमी पार्टी, बुधबार उच्च अदालतले आदेश दिनसक्ने

काठमाडौं । आम आदमी पार्टी (आप)ले आइतबार भारतको दिल्लीमा प्रदर्शन गर्दै छ ।

दिल्लीका मुख्यमन्त्री एवं आपका अध्यक्ष अरविन्द केजरीवाल बिहीबार राति मदिरा घोटाला प्रकरणमा पक्राउ परेका थिए । केजरीवाललाई मार्च २८ सम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रवर्तन निर्देशनालय (ईडी)लाई अदालतले अनुमति दिएको छ ।

दिल्लीका मन्त्री गोपाल राई आप पार्टीका सबै विधायक, पदाधिकारीहरू विरोध गर्न सहिदी पार्कमा भेला हुने बताए । मैनबत्ती जुलुस र पुत्ला दहन गरेर हुने प्रदर्शनमा भारतीय कांग्रेस नेतृत्व २८ पार्टीको गठबन्धन इन्डिया पनि सहभागी हुने बताइएको छ ।

केजरीवाल मुख्य मन्त्रीका रूपमा रहेर जेलबाटै सरकार चलाइरहेका छन् । केजरीवालले आफ्नो गिरफ्तारी र ईडीलाई सात दिन हिरासतमा राख्ने अनुमति दिने तल्लो अदालतको आदेशलाई चुनौती दिँदै दिल्ली उच्च अदालतमा निवेदन दिएका छन् । त्यसमा उच्च अदालतले बुधबार सुनुवाइ गर्ने ठानिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro