site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिटिजन्स बैंक र मेदान्त–द मेडिसिटी हस्पिटलबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत, गुँडगाँवस्थित मेदान्त–द मेडिसिटी अस्पतालबीच सम्झौता भएको छ ।

सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो । गुँडगाँव, हरियाणास्थित मेदान्त अस्पतालमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यस किसिमको सहकार्यबाट हालसम्म यस बैंकका उल्लेखनीय ग्राहकवर्गहरुले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र शुलभ तरिकाले लाभ लिइसकेको छन् । आगामी दिनहरूमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरूलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त भई लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  २१:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro