site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गण्डकीमा १२ सय हेक्टरमा डढेलो
फाइल तस्बिर

गण्डकी । गण्डकी प्रदेशभित्र यस वर्षको हिउँदमा करिब एक हजार २१५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । प्रदेशका ११ जिल्लामध्ये १० जिल्लाका १४७ स्थानका वनजंगलमा डढेलो लागेको प्रदेश वन निर्देशनालयले जनाएको छ । 

“मुस्ताङबाहेक प्रदेशका सबै जिल्लामा डढेलोका घटना भएका छन् । सबैभन्दा बढी कास्कीमा ३८२ हेक्टरमा डढेलो लागेको छ”, निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले भने । उनका अनुसार डढेलोबाट नवलपुरमा ८५ क्युफिट काठ क्षति भएको छ । 

म्याग्दीमा डढेलो निभाउने क्रममा एकजना घाइते भएका वन अधिकृत थापाले जानकारी दिए ।  कास्कीपछि सबैभन्दा बढी म्याग्दीमा ३५९ हेक्टर वन क्षेत्रमा डढेलोबाट प्रभावित बनेको छ । 

स्याङ्जामा २८८, पर्वतमा ५०, बागलुङमा ४२, गोरखामा ३४, लमजुङमा २१, नवलपुरमा ३०, तनहुँमा सात र मनाङमा करिब दुई हेक्टरमा डढेलो लागेको निर्देशनालयले जनाएको छ । 

सबैभन्दा बढी म्याग्दीका ४६ स्थानमा डढेलो लागेको छ । उनका अनुसार कास्कीका २३, स्याङ्जाका ३२, लमजुङका १६, गोरखाका ११, बागलुङका आठ, नवलपुरका पाँच, पर्वतका तीन, तनहुँका दुई र मनाङको एक गरी १४७ स्थानमा डढेलो लागेको हो । 

वन अधिकृत थापाले बढीजसो मानवीय कारणले नै डढेलोका घटना हुने गरेको बताए । रासस
 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro