site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कान्ति बाल अस्पतालको स्पष्टीकरण– आईसीयू बेड खाली नै थिएन, कमजोरी भएकै छैन

काठमाडौं । कान्ति बाल अस्पतालमा मंगलबार राति एक सिकिस्त बालिकालाई आईसीयू बेड खाली नभएपछि फर्काइएको विषयले सबैको ध्यानाकर्षण गरेको छ । 

बागलुङको निसिखोलाबाट ल्याइएकी बालिकालाई अस्पतालले भर्ना नलिएको बिरामीका अभिभावकको गुनासो छ । तत्काल भेन्टिलेटर चाहिले बालिकालाई अस्पतालको इमर्जेन्सीका चिकित्सकले 'अन्त लैजान' भन्दै बेडमै छाडेको बिरामी पक्षको दाबी छ । 

अस्पतालमा एउटा आईसीयू बेड खाली भए पनि बालिकालाई भर्ना नलिएको बिरामीका आफन्तको आरोप छ ।

घटना सार्वजनिक भएपछि सिकिस्त बिरामीलाई अस्पतालले बेवास्ता गरेको भन्दै अस्पतालको आलोचना भएको छ । बालिकाको हाल चाबहिलस्थित एक निजी अस्पतालमा उपचार भइरहेको छ ।

dr.-Pankal-1710948484.jpg
 

अस्पतालले भने बालिकाको उपचारमा अस्पतालको तर्फबाट कमजोरी नभएको दाबी गरेको छ । अस्पतालका निर्देशक डा. पंकज राय भेन्टिलेटरसहितको आईसीयू बेड खाली नभएकाले उनलाई अन्यत्र रिफर गर्नुपरेको बताउँछन् ।

बाह्रखरीसित निर्देशक रायले गरेको कुराकानीको संक्षिप्त अंश :

मंगलबार राति झन्डै सवा ११ बजे अस्पताल ल्याइएकी सात वर्षीया बालिका बहु अंगमा असर पुर्‍याउने जटिल प्रकृतिको समस्या एसएलईको बिरामी थिइन् । जसका कारण उनलाई फोक्सोमा जटिल समस्या भई अक्सिजन लगाएकै अवस्थामा ल्याइएको थियो ।
अस्पताल आइपुगेको केही बेरपछि नै इमर्जेन्सी ड्युटीका चिकित्सकहरूले उपचार सुरु गरेका थिए । बालिकालाई ११:२५ देखि बेडमा चिकित्सकहरूले हेरेका थिए ।
तर, उनी 'लुम्पस नेफ्रिटिज इन सिभियर रेस्पिरेटरी डिस्ट्रेस'को अवस्थामा थिइन् । जुन अवस्थामा बिरामीलाई भेन्टिलेटरसहितको आईसीयू आवश्यक हुन्छ । 
हामीसँग भेन्टिलेटरसहितका आईसीयू जम्मा १२ वटा छन् । त्यसमध्ये दुईवटा कट अर्थात् तीन महिनाका नवजात शिशुलाई राख्न मिल्ने र १० वटामा सोभन्दा माथि उमेरका बालबालिका राखिन्छ । 
ती १० बेड खाली थिएनन् । बिरामी पक्षले खाली छ भनिएको बेड कट हो, जसमा तीन महिनासम्मको शिशुलाई मात्रै राख्न मिल्छ । 
यही अवस्था भएपछि इमर्जेन्सीका चिकित्सकहरूले अन्यत्र लैजान सल्लाह दिएका हुन् । बुधबार दिउँसो ११ बजेपछि एउटा भेन्टिलेटरसहितको आईसीयू बेड खाली भएपछि बिरामी पक्षलाई फेरि फोन गरेर बोलाइएको छ । उहाँहरूले अहिलेको अस्पतालको प्रक्रिया मिलाएर फेरि ल्याउनुहुन्छ होला ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  २१:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro