site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जीवन र निर्जीवन बिमा कम्पनीलाई १८ बुँदे निर्देशन, दुई लाखसम्मको भुक्तानी प्रदेश र शाखा कार्यालयबाट दिनुपर्ने

काठमाडौं । नेपाल बिमा प्राधिकरणले जीवन र निर्जीवन बिमा कम्पनीहरूलाई १८ बुँदे निर्देशन दिएको छ । गत सोमबार प्राधिकरणले बिमा कम्पनीहरूलाई एकीकृत निर्देशन दिएको हो ।

निर्देशनको ९ औँ बुँदामा प्राधिकरणले कृषि तथा पशुपन्छी बिमामा ५० हजारसम्म र मोटर र सम्पत्ति बिमामा दुई लाखसम्मको दाबी भुक्तानीलाई प्रदेश र शाखा कार्यालयबाट समेत फस्र्याेट गर्ने गरी अधिकार दिनुपर्ने उल्लेख छ । यसरी अधिकार दिने बिमा कम्पनीले प्राधिकरणलाई जानकारी दिनुपर्ने पनि जानकारी दिइएको छ ।

बिमा कम्पनीले शाखा तथा उपशाखा कार्यालयमा तोकिएको मापदण्डअनुसार कर्मचारी राख्नुपर्ने पनि उल्लेख गरिएको छ । तत्कालका लागि अर्काे व्यवस्था नभएसम्मका लागि प्रदेश कार्यालयमा पाँचजना, शाखा कार्यालयमा चारजना र उप–शाखा कार्यालयमा दुईजना कर्मचारीको व्यवस्था गर्नुपर्ने पनि जानकारी दिइएको छ । 

0002-1535x2000-1710920116.jpg
 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro