site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बिमितलाई नियमित औषधि अब छुट्टै रिफिल काउन्टरबाट

काठमाडौं । सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध नागरिकले अब नियमित औषधि छुट्टै रिफिल सेन्टरबाट पाउने भएका छन् । औषधिका लागि लामो समय कुर्नुपर्ने तथा आवश्यक औषधि नपाइने समस्या हटाउन स्वास्थ्य बिमा बोर्डले यस्तो व्यवस्था गर्न लागेको हो । 

बोर्डको फागुन २४ गतेको बैठकबाट भएको निर्णय कार्यान्वयनका निम्ति सबै तथा सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्राचार गरिएको छ । 

ज्येष्ठ नागरिकहरूलाई सहज रूपमा सेवा उपलब्ध गराउन प्रत्येक मंगलबार जेरियाट्रिक क्लिनिकमार्फत सेवा दिनुपर्ने पनि बोर्डको निर्णय छ । 

साथै नागरिक एपमा भएको बिमा कार्डमार्फत पनि अब बिमितले सेवा पाउने व्यवस्था गरिएको छ । बिमाका बिरामी र अन्य बिरामीलाई अबदेखि एउटै लाइनमा राख्न बोर्डले सेवा प्रदायकहरूलाई भनेको छ । 

 hib-1710916237.jpg
 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro