site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सप्तकोसीमा डुंगामा लैजादै गरेको १६४ किलो गाँजा बरामद

काठमाडौं । सप्तकोसी नदीमा डुंगामा लैजादै गरेको गाँजा बरामद गरिएको छ । सशस्त्र प्रहरीले सप्तकोसी नदीमा डुंगामा लैजादै गरेको १६४ किलो गाँजा गएराति बरामद गरेको हो । 

राति १ : ३५ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तोकोसी नदीबाट ६ जनाले डुंगाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले गाँजा बरामद गरेको हो । 

रातको समय भएकाले डुंगामा गाँजा लिएर आउने व्यक्तिहरू फरार भएको सशस्त्र प्रहरीको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार फागुन १ गतेदेखि हालसम्म एक एम्बुलेन्ससहित ५६४.४७५ किलो गाँजा बरामद भएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०८:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro