site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जापानको केन्द्रीय बैंकले १७ वर्षमा बढायो ब्याजदर

काठमाडौं । जापानको केन्द्रीय बैंकले आठ वर्षको नकारात्मक ब्याजदर अन्त्य गरेको छ । ब्याजदर वृद्धि गरेको छ ।

सन् २००७ यता १७ वर्षको अवधिमा जापानको केन्द्रीय बैंक (बीओजे)ले ब्याजदर माइनस ०.१ प्रतिशतबाट शून्य र ०.१ प्रतिशतमा पुर्‍याएको हो । मुद्रास्फीति नियन्त्रण उद्देश्यको यो कदमले आर्थिक वृद्धि सुस्त नै रहने विश्लेषकको भनाइ छ ।

यो फेरबदलसँगै ऋणात्मक ब्याजदरको नीतिबाट बाहिरिने जापानको केन्द्रीय बैंक अन्तिम बनेको छ । केन्द्रीय बैंकमा निक्षेप राखे ब्याज लिने नीतिले बैंकहरूलाई लगानी एवं ऋण दिन प्रोत्साहन गर्दै आर्थिक वृद्धि हासिल गर्ने उद्देश्यले ऋणात्मक ब्याजदरको नीति अँगालिएको थियो । जापानको केन्द्रीय बैंकले सन् २०१६ मा यस्तो नीति ल्याएको थियो ।

ब्याजदर बढाउने निर्णयलाई केन्द्रीय बैंकका नौ नीति बोर्ड सदस्यमध्ये मंगलबार सातजनाले समर्थन गरेका थिए । दुईजनाले यसको विरोध गरेका थिए ।

जापानका ठूला रोजगारदाता यसै महिना युनियनसँगको वार्तापछि ५.२८ प्रतिशत ज्याला बढाउन सहमत भएका छन् । यो सन् १९९१ यताकै सबैभन्दा बढी तलब वृद्धि हो । २०२४ मा जापानमा मुद्रास्फीतिदर २ प्रतिशतभन्दा बढी पुग्ने आकलन गरिएको छ । द गार्जियनबाट ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro