site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आईएमई पेको रिफन्डेबल टिकटमा प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि

काठमाडौं । आईएमई पेले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचरमार्फत आन्तरिक हवाई टिकट काट्नेको संख्यामा उत्साहजनक वृद्धि भएको कम्पनीले जनाएको छ ।

सहज फिचरसँगै प्रयोगकर्ताले कल तथा इमेलमार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आईएमई पेले उपलब्ध गराएको सेवामा ग्राहकको संख्या बढेको कम्पनीले जनाएको छ ।

आईएमई पे एपमार्फत प्रयोगकर्ताले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट काट्दा आन्तरिक हवाई टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट–रिफन्डेबल फिचर पनि पाउन सक्ने कम्पनीले जनाएको छ ।

आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक हवाई टिकटमा  टिकट रिफन्डेबल फिचर प्रवर्धन भएको एक वर्षको अवधिमै प्रयोगकर्ताहरूको बढ्दो संख्याले सेवाहरू थप्न कम्पनी उत्साहित भएको बताए ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro