site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
किन पुगेका थिए सर्वोच्च अदालतमा अत्याधुनिक हतियारसहित प्रसाईंका सुरक्षा गार्ड ?

काठमाडौं । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका निजी सुरक्षा गार्डबाट बरामद भएको हतियार स्वचालित र अत्याधुनिक रहेको जनाएको छ ।

जर्मनमा बनेको उक्त अर्मेरिया परिनी एसआरएल बोकेका प्रसाईंका सुरक्षा गार्ड दिपक खड्का र राजकुमार धितालको साथबाट सोमबार प्रहरीले हतियार बरामद गरेको हो ।

कालो रंगको झोलाभित्र उक्त हतियार बोकेका उनीहरूलाई रामशाह पथस्थित सर्वोच्च अदालत परिसरबाट पक्राउ गरिएको हो । अदालतको सुरक्षामा खटिएका प्रहरी निरीक्षक विजय भण्डारीको टोलीले अदालत छिर्नै लाग्दा शंका लागेर जाँच गर्दा उक्त हतियार भेटिएको काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

मुद्दा सुनुवाइका क्रममा प्रसाईंसहित उनीहरू अदालत पुगेका थिए । उनीहरूको साथबाट हतियारसहित एक सय राउन्ड गोली, म्याग्जिन साना–ठूलो दुई–दुई थान, म्याक्जिन होल्डर एक थान बरामद गरेको छ ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उक्त हतियार प्रसाईंको लाइसेन्स प्राप्त हतियार भएको खुलेको छ । प्रहरीले संवेदनशील क्षेत्रमा हतियार बोकेर छिर्न खोजेको आरोपमा अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro