site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भारतसँगको विद्युत् व्यापार सम्झौताविरुद्धको रिट : पूर्ण इजलासमा एउटा मात्र मुद्दा 

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासमा सोमबार नेपाल–भारत विद्युत् व्यापार सम्झौताविरुद्धको एउटा मात्र रिट तोकिएको छ ।

गएको फागुन २२ गते सो सम्झौताका विषय राष्ट्रिय महत्त्वका भएको भन्दै निरन्तर सुनुवाइको आदेश गरिएको थियो । फागुन २९ मा न्यायाधीशत्रय प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको इजलासमा परेको रिट ‘हेर्दैहेर्दै’मा राखिएको थियो । त्यही इजलासमा आज सुनुवाइ हुन लागेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले भारतसँगको विद्युत् व्यापार सम्झौता नेपालको संविधानविपरीत भएको भन्दै रिट दायर गरेका थिए । फागुन २९ मा पनि न्यायाधीशत्रय राउत, मल्ल र पौडेलको इजलासमा एउटा मात्र मुद्दा रहेको थियो । यो मुद्दा अब यही इजलासले टुंग्याउनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल–भारत विद्युत् व्यापार सम्झौताको प्रक्रिया अघि बढाइएको थियो । भारतीय पक्षले आवश्यक तयारी गरेपछि सम्झौता गरिएको हो ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro